एजेन्सी: यहाँको छत्रदेव गाउँपालिका–१ सौरेखोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छभने दुई जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार साँझ दुई मोटरसाइकल एकापसमा ठोक्किँदा पाणिनी गाउँपालिका–५ का २१ वर्षीय तारा बेलबासे र गुल्मीको छत्रकोट गाउपालिका–६ का ३५ वर्षीय सुमन सुनारको मृत्यु भएको हो । उनीहरू दुवै मोटरसाइकल चालक रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार अर्घाखाँचीकी १८ वर्षीया दीपा बेल्बासे र गुल्मीका ४४ वर्षीय सुरज सुनार गम्भीर घाइते भएको जिल्ला प्रहरीका प्रहरी निरीक्षक झलकप्रसाद शर्माले जानकारी दिए। गम्भीर घाइते दुवैलाई थप उपचारका लागि पाल्पा रेफर गरिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
You may also like
-
खुले नाका, बढे काठमाडौं फर्किने यात्रु
-
प्रधानमन्त्री सुशीला कार्कीले यसवर्ष बडा दशैंको टीका नलगाउने
-
‘जेनजीको एजेण्डालाई समर्थन गर्दा पनि पार्टी कार्यालयदेखि नेताहरूको घर जलाइएको विषयमा छानबिन हुनुपर्छ’
-
‘संविधान दिवस उत्सवमात्र हैन, एक दशकका कमजोरी पनि समीक्षा गरौं’
-
संसद भवनबाट चोरेका सामान फिर्ता गर्न आग्रह, लुटपाटको सबुद पनि मागियो
