एजेन्सी: यहाँको छत्रदेव गाउँपालिका–१ सौरेखोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छभने दुई जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार साँझ दुई मोटरसाइकल एकापसमा ठोक्किँदा पाणिनी गाउँपालिका–५ का २१ वर्षीय तारा बेलबासे र गुल्मीको छत्रकोट गाउपालिका–६ का ३५ वर्षीय सुमन सुनारको मृत्यु भएको हो । उनीहरू दुवै मोटरसाइकल चालक रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार अर्घाखाँचीकी १८ वर्षीया दीपा बेल्बासे र गुल्मीका ४४ वर्षीय सुरज सुनार गम्भीर घाइते भएको जिल्ला प्रहरीका प्रहरी निरीक्षक झलकप्रसाद शर्माले जानकारी दिए। गम्भीर घाइते दुवैलाई थप उपचारका लागि पाल्पा रेफर गरिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
You may also like
-
पहलकदमी ‘सम्मान घर’ महिला फोहोर कामदारका बच्चालाई सहयोग गर्न सुरु भयो
-
युवाहरूको गति सुहांग नेम्बाङलाई बढावा दिन्छ जब नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) नेतृत्वको छनोटको विचार गर्छ
-
प्रधानमन्त्रीले रुद्राभिषेक पूजा सम्पन्न गर्दै पशुपतिनाथमा श्रद्धाञ्जली अर्पण गरे
-
प्रोफेसर डा. ज्ञवालीले नयाँ सरकार गठनपछि आर्थिक स्थायित्व देखेको बताएका छन्
-
‘एभरेस्ट ड्रीम’ एनआईएफएफ मा प्रिमियर हुने तयारीमा
