काठमाडौं उपत्यकाको तापक्रम निरन्तर ओरालो लागेको छ । यो क्रम जारी रहने मौसमविद्ले बताएका छन् । तर मौसम भने सुखद रहने छ । आज बिहानको न्यूनतम तापक्रम ३ दशमलव ९ डिग्री सेल्सियस रहेको मौसमविद् सरोज पुडासैनीले जानकारी दिए । आजको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियससम्म रहनेछ । सूर्योदय साँझ ६:४५ बजे भयो। आज, र सूर्यास्त 5:10 बजे छ। देशको मौसम गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागको नियमित मौसम पूर्वानुमान बुलेटिनले जनाएको छ ।
त्यसैगरी तराई र काठमाडौं उपत्यकाका केही स्थानमा धुवाँ र कुहिरो पर्ने सम्भावना रहेको छ । आज राति सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी, वाग्मती र कोशी प्रदेशका भू–भागमा आंशिक बदली रही कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार बिहान तराई र उपत्यकाका धेरै ठाउँमा कुहिरो परेकाले विभागले सम्बन्धित सबैलाई सावधानी अपनाउन आग्रह गरेको छ ।
You may also like
-
नेपथ्यलाई न्यूजील्यान्डमा माओरी समुदायले स्वागत गर्यो, भडकिएको अकल्यान्ड दर्शकसमक्ष प्रदर्शन गरे
-
थाईल्याण्डस्थित दूतावासले क्याम्बोडियामा अवैध रूपमा बसेका नेपालीहरूलाई फर्किन आग्रह गरेको छ
-
वर्षा जोखिमको कारण बीपी राजमार्गमा सवारी यातायात फेरि बन्द
-
नेपाल न्यूजका गोपाल दाहाललाई पत्रकारितामा १,००,००० रुपैयाँ पुरस्कारबाट सम्मानित गरिएको
-
वर्षौंदेखि अधूरो छोडिएको पुल, बझुराका स्थानीयहरू कठिनाइमा
