सिंहदरबारमा शिक्षा विधेयक पारितको तयारी भइरहँदा सडक आन्दोलनमा होमिए बोर्डिङ सञ्चालक

एजेन्सी: सिंहदरबारमा शिक्षा विधेयक पारित गर्ने कार्यसूचीका साथ संसदीय दलको बैठक चलिरहँदा निजी विद्यालयका सञ्चालकहरू सडक आन्दोलनमा होमिएका छन् ।

प्याब्सन र एन प्याब्सनको संयुक्त आव्हानमा विधेयकका केही प्रावधानमा असहमति जनाउँदै उनीहरूले आन्दोलन थालेका हुन् । माइतीघर मण्डलामा निजी विद्यालयका प्रिन्सिपलहरू व्यानरसहित भेला भएका छन् । नयाँबानेश्वर चोकसम्म न्याली निकाली पुन माइतीघर फर्किएर कोणसभा गर्ने उनीहरूको तयारी छ ।

विद्यालय शिक्षा विधेयकमा प्रस्तावित केही प्रावधान निजी विद्यालयमैत्री नभएको उनीहरूको भनाइ छ ।

विधेयकबाट पूर्ण छात्रवृत्ति शब्द हटाउनुपर्ने, पोशाक, स्टेशनरी, शैक्षिक सामग्री, खाना-खाजा उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने, गैर नाफामूलक बनाउँदै लगिने भन्ने प्रावधान हटाइनु पर्ने, छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयमा रहनुपर्नेलगायतका माग निजी विद्यालयको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *