एजेन्सी: सिंहदरबारमा शिक्षा विधेयक पारित गर्ने कार्यसूचीका साथ संसदीय दलको बैठक चलिरहँदा निजी विद्यालयका सञ्चालकहरू सडक आन्दोलनमा होमिएका छन् ।
प्याब्सन र एन प्याब्सनको संयुक्त आव्हानमा विधेयकका केही प्रावधानमा असहमति जनाउँदै उनीहरूले आन्दोलन थालेका हुन् । माइतीघर मण्डलामा निजी विद्यालयका प्रिन्सिपलहरू व्यानरसहित भेला भएका छन् । नयाँबानेश्वर चोकसम्म न्याली निकाली पुन माइतीघर फर्किएर कोणसभा गर्ने उनीहरूको तयारी छ ।
विद्यालय शिक्षा विधेयकमा प्रस्तावित केही प्रावधान निजी विद्यालयमैत्री नभएको उनीहरूको भनाइ छ ।
विधेयकबाट पूर्ण छात्रवृत्ति शब्द हटाउनुपर्ने, पोशाक, स्टेशनरी, शैक्षिक सामग्री, खाना-खाजा उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने, गैर नाफामूलक बनाउँदै लगिने भन्ने प्रावधान हटाइनु पर्ने, छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयमा रहनुपर्नेलगायतका माग निजी विद्यालयको छ ।
You may also like
-
अर्थशास्त्री केशव आचार्यको निधन
-
पहलकदमी ‘सम्मान घर’ महिला फोहोर कामदारका बच्चालाई सहयोग गर्न सुरु भयो
-
युवाहरूको गति सुहांग नेम्बाङलाई बढावा दिन्छ जब नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) नेतृत्वको छनोटको विचार गर्छ
-
प्रधानमन्त्रीले रुद्राभिषेक पूजा सम्पन्न गर्दै पशुपतिनाथमा श्रद्धाञ्जली अर्पण गरे
-
प्रोफेसर डा. ज्ञवालीले नयाँ सरकार गठनपछि आर्थिक स्थायित्व देखेको बताएका छन्
