ट्याक्सी दुर्घटना, पाँच जना घाइते

सिरानचोक गाँउपालिका -२ सिउरेनीमा ट्याक्सी दुर्घटनम हुँदा पाँच जना घाइते भएका छन् । चित्रेपोखरीबाट सिउरेनी तर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००२ ज ७६८८नम्बरको ट्याक्सी सडक छेउमा रोकिरहेको अवस्थामा अचानक ब्याक भई ४० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय गोरखाका डिएसपी राजकुमार श्रेष्ठले बताए ।
दुर्घटनामा सिरानचोक – ५ भाँगे बस्ने ४० वर्षका वीरबहादुर गुरुङ, वडा २ मैपते बस्ने ३२ वर्षीया मन्जु परियार, ५० वर्षीया गितामाया परियार, २० वर्षीया अन्जना अछामी र ३० की गिता परियार घाइते भएका छन् ।
घाइतेहरूको प्रदेश अस्पताल गोरखामा उपचार भइरहेको छ । घटनाको अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *