एजेन्सी: नेपाल क्रिकेट संघ (क्यान) को बहुप्रतीक्षित बोर्ड बैठक अहिले बस्दैछ । अध्यक्ष चतुरबहादुर चन्दको अध्यक्षतामा क्यानको मूलपानीस्थित कार्यालयमा बोर्ड बैठक सुरू भएको हो
नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको समीक्षा र हिसाबकिताब पेश हुने भएकाले यो बैठकलाई निकै चासोका साथ हेरिएको छ । क्यानभित्रको असन्तुष्ट पक्षले एनपीएल अपारदर्शी भएको भन्दै बोर्डमा हिसाबकिताब देखाउनुपर्ने माग गर्दै आएको थियो ।
आजको बैठकको प्रमुख एजेन्डा एनपीएल नै हुने एक सदस्यले बताए । सचिव पारस खड्काले एनपीएल आयोजनाको समग्र संश्लेषण गर्नेछन् भने कोषाध्यक्ष पदम खड्काले आर्थिक प्रतिवेदन पेश गर्नेछन् । एनपीएलको पहिलो संस्करणमा क्यान मुनाफामा रहेको जनाइएको छ ।
You may also like
-
पहलकदमी ‘सम्मान घर’ महिला फोहोर कामदारका बच्चालाई सहयोग गर्न सुरु भयो
-
युवाहरूको गति सुहांग नेम्बाङलाई बढावा दिन्छ जब नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) नेतृत्वको छनोटको विचार गर्छ
-
प्रधानमन्त्रीले रुद्राभिषेक पूजा सम्पन्न गर्दै पशुपतिनाथमा श्रद्धाञ्जली अर्पण गरे
-
प्रोफेसर डा. ज्ञवालीले नयाँ सरकार गठनपछि आर्थिक स्थायित्व देखेको बताएका छन्
-
‘एभरेस्ट ड्रीम’ एनआईएफएफ मा प्रिमियर हुने तयारीमा
