एजेन्सी: नेपाल क्रिकेट संघ (क्यान) को बहुप्रतीक्षित बोर्ड बैठक अहिले बस्दैछ । अध्यक्ष चतुरबहादुर चन्दको अध्यक्षतामा क्यानको मूलपानीस्थित कार्यालयमा बोर्ड बैठक सुरू भएको हो
नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको समीक्षा र हिसाबकिताब पेश हुने भएकाले यो बैठकलाई निकै चासोका साथ हेरिएको छ । क्यानभित्रको असन्तुष्ट पक्षले एनपीएल अपारदर्शी भएको भन्दै बोर्डमा हिसाबकिताब देखाउनुपर्ने माग गर्दै आएको थियो ।
आजको बैठकको प्रमुख एजेन्डा एनपीएल नै हुने एक सदस्यले बताए । सचिव पारस खड्काले एनपीएल आयोजनाको समग्र संश्लेषण गर्नेछन् भने कोषाध्यक्ष पदम खड्काले आर्थिक प्रतिवेदन पेश गर्नेछन् । एनपीएलको पहिलो संस्करणमा क्यान मुनाफामा रहेको जनाइएको छ ।
You may also like
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु, दुईको अवस्था गम्भीर
-
खुले नाका, बढे काठमाडौं फर्किने यात्रु
-
प्रधानमन्त्री सुशीला कार्कीले यसवर्ष बडा दशैंको टीका नलगाउने
-
‘जेनजीको एजेण्डालाई समर्थन गर्दा पनि पार्टी कार्यालयदेखि नेताहरूको घर जलाइएको विषयमा छानबिन हुनुपर्छ’
-
‘संविधान दिवस उत्सवमात्र हैन, एक दशकका कमजोरी पनि समीक्षा गरौं’
