एजेन्सी: नेपालको प्रतिष्ठित अवार्डको रूपमा चिनिएको आईसिटी अवार्डको २०२४ को नवौँ संस्करणमा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को नेपाल पे क्युआरमा आबद्ध भएको छ । यसका लागि एनसीएचएल र आइसिटी अवार्ड बीच सहकार्य सम्बन्धी सम्झौता भएको हो । कार्यक्रममा विभिन्न १४ विधामा अवार्ड प्रदान गरिने छ
एनसीएचएलले नेपालको डिजिटल भुक्तानीको विकास र प्रवर्द्धनमा विगत १६ वर्ष देखि काम गर्दै आएको छ । भने, अवार्डले पनि सूचना प्रविधिको क्षेत्रमा काम गर्ने विभिन्न कम्पनी, स्टार्ट–अप तथा व्यक्तित्वहरुलाई विशेष सम्मान र प्रोत्साहन गर्दै आएको छ ।
आइसिटी अवार्डसँगको यस सहकार्यले नेपालको डिजिटल इकोसिस्टम प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास कम्पनीले लिएकोछ
नेशनल पेमेन्ट स्वीचअन्तर्गतको नेपाल क्युआर मापदण्ड कार्यान्वयन गर्न नेपाल पेले क्युआर स्किमको रुपमा सञ्चालन हुनुको साथै मर्चेन्ट तथा नेटवर्क लेभलको अन्तर आबद्धता कायम गर्दै आएको छ ।
बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुले नेपाल पे क्युआरको अन्तर आबद्ध नेटवर्कमा ८ लाख ७५ भन्दा बढी मर्चेन्टहरु आबद्ध गरेका छन् । ग्राहकहरुले ४० वटा मोबाइल बैंकिङ्गएप, ११ वटा वालेट एपतथा कनेक्ट आइपीएसबाट नेपाल पेमा सहजै भुक्तानी गर्न सकिने छ ।
You may also like
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु, दुईको अवस्था गम्भीर
-
खुले नाका, बढे काठमाडौं फर्किने यात्रु
-
प्रधानमन्त्री सुशीला कार्कीले यसवर्ष बडा दशैंको टीका नलगाउने
-
‘जेनजीको एजेण्डालाई समर्थन गर्दा पनि पार्टी कार्यालयदेखि नेताहरूको घर जलाइएको विषयमा छानबिन हुनुपर्छ’
-
‘संविधान दिवस उत्सवमात्र हैन, एक दशकका कमजोरी पनि समीक्षा गरौं’
