हेयर प्रोडक्ट ब्राण्ड स्ट्रिक्स प्रोफेशनलले काठमाडौंमा अघिल्लो हप्ता मेगा शो आयोजना गरेको थियो। सौन्दर्यकर्मीलाई कपाल कटिङ, कलरिङ तथा प्रचलित नवीन स्टाइलबारे जानकारी गराउने मेगा शोको उद्देश्य थियो। सञ्चार माध्यममा उक्त मेगा शोले धेरै कभरेज पाएको छ। नेपालीहरूलाई कुनै प्रकारको भेदभाव नगरिएको स्ट्रिक्सका इन्टरनेशनल ब्युजिनेस हेड अभिषेक भट्टाचार्यको भनाइ छ। नेपालमा बिक्रीका लागि विदेशबाट ल्याइने धेरै उत्पादहरूमा “सेल फर नेपाल ओनली” लेखिएको हुन्छ भने स्ट्रिक्स प्रोफेशनलका प्रोडक्टहरूमा त्यस प्रकार “सेल फर नेपाल ओनली” नलेखिने अभिषेक भट्टाचार्यको भनाइ छ। तिनले भने, भारतमा बिक्री हुने स्ट्रिक्सका उत्पादहरूमा भारूमा मूल्य तोकिएको जस्तै नेपालमा बिक्री हुने स्ट्रिक्सका उत्पादहरूमा नेरुमा मूल्य लेखिएको हुन्छ। पार्थक्य त्यति मात्र रहेको तिनले बताए।
प्रत्येक वर्ष मेगा शो गर्दै आइरहेको स्ट्रिक्सको यो पाँचौँ संस्करण कार्यक्रम हो। नेपालमा सेलुन व्यवसायीको क्षमता विकासका लागि कम्पनीले सहयोग गरिरहेको तिनले बताए। भारतबाहेक अन्य एशियन राष्ट्रमा यसको बजार बढ़िरहेको कम्पनीले जनाएको छ। स्ट्रिक्स दुई प्रकारको छ- एउटा प्रोफेशनल र अर्को नर्मल। प्रोफेशनल प्रोडक्टहरू पार्लर तथा सेलुनहरूमा उपलब्ध हुन्छ। पार्लर तथा सेलुनमा त्यसको व्यापक प्रयोग भइरहेको छ। नर्मल स्ट्रिक्श रोडक्टहरू नजिककै पसल, अनलाइन प्लाटफर्म तथा सामान्य ब्युटी पार्लरहरूमा उपलब्ध छन्। पार्लर नजाने तथा घरमै कपाल रङ्गाउन चाहनेहरूलाई ध्यानमा राख्दै नर्मल स्ट्रिक्शको अवधारणा बनाइएको भट्टचार्यले बताए। तिनले भने, हामीले विभिन्न परीक्षणहरू गरिरहेका छौँ। भारत र नेपालको हावा-पानी एउटै रहेको हुँदा यी दुवै राष्ट्रका लागि एकै प्रकारको सामग्री उत्पादन र बिक्री वितरण गरिरहेका छौँ। उक्त कार्यक्रममा भारतका 6 स्थानमा प्रोडक्शन प्लान्ट रहेको जानकारी गराइयो। भट्टाचार्यले भने, नेपालमा स्ट्रिक्सको माग अत्यधिक छ अनि हामी नेपालमा नयाँ नयाँ उत्पादको बिक्री वितरण गर्न उत्साहित छौँ।
मेगा शो-मा कम्पनीले सेलुनिस्टहरूलाई हेयरकट, रङ्ग र नयाँ शैलीमा अन्तर्राष्ट्रिय फेसनको अभ्यासबारे प्रशिक्षण दिइएको थियो। कार्यक्रममा स्ट्रिक्स प्रोफेशनलको स्पेक्ट्रम कलेक्शनबाट 6 वटा आकर्षक लुक्सको अनावरण र स्ट्रिक्स प्रोफेशनल आर्गन सीक्रेट्स हाई लिफ्ट शेड्स, ह्युम्याजिक नो अमोनिया हेयर कलर र फङ्गी कलर जस्ता नयाँ उत्पादहरूको सार्वजनिक गरियो। यस शोले नेपाली सौन्दर्य उद्योगलाई नवीनतम प्रवृत्तिसँग जोड्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको आयोजकको विश्वास छ।