उदयपुरको बेलका नगरपालिकाबाट दक्षिण भोजपुरतिर उकालो लाग्दै गर्दा एउटा सानो बजारमा नास्ता खान एक्कासि गाडी रोकियो।
त्यही गाडीमा आफूसँगै यात्रा गरिरहेका एक सहयात्रीले सोधे, ‘चना छ?’ तयारी चाउचाउ आउनुअघि काठमाडौँमा सिन्के चाउचाउको खुब चल्ती थियो। बन्दा, हरियो प्याज-लसुनजस्ता हरिया र गाजरलगायत कन्दमूल तरकारीको झोलमा नुडल्स हालेर बनाइने थुक्पाको स्वाद नै गजबको हुन्थ्यो। यसमा पनि जाडोमा पिरो-अमिलोको झोलमा डुबाएको नुडल्स निकै रमाएर खान्थे, काठमाडौँका निम्न र मध्यमवर्गीय परिवारहरू। तर, थुक्पामा हुनैपर्ने स्वाद उमामी चाहिँ भेटिँदैनथ्यो। त्यसको स्वाद थुक्पाभन्दा पनि नेपालीहरूको अर्को लोकप्रिय परिकार पानीरोटीसँग बढी मिल्दोजुल्दो हुन्थ्यो।
तर, तिब्बती शैलीका केही रेस्टुराँले चाहिँ उमामी स्वादसहितको थुक्पा पस्किन्थे। बटुकोमा हड्डीको सफा सुप, त्यसमा उमालेको नुडल्स र त्यसमाथि केही चाना उसिनेको मासु– यही नै थियो, तिब्बती शैलीको थुक्पाको विशेषता। अनि टेबलमा सजाएर राखिएको हुन्थ्यो– सोयासस, लसुन डुबाएको पानी, भिनेगरमा भिजाएको हरियो खुर्सानी र सुकेको खुर्सानीलाई भिजाएर बनाइएको लेदो, जसलाई बटुकोमा राखेर आफ्नो स्वादअनुसार खान मिल्थ्यो। भौगोलिक निकटताका कारण नेपाल र तिब्बतबीच सांस्कृतिक र आर्थिक आदानप्रदानको समृद्ध इतिहास छ। हिमालय पार गर्ने प्राचीन व्यापारिक मार्गमार्फत नुन, जडीबुटी, हस्तकला, ऊन र मसलाजस्ता सामानहरूको व्यापारसँगै खाना र पाक परम्परा पनि एक ठाउँबाट अर्को ठाउँमा सरेको हो। त्यसमाथि तिब्बती शरणार्थीहरूको आगमनले नेपाली पाककलामा तिब्बती परिकार र खाना पकाउने विधि थपिँदै गयो।
खासमा थुक्पाको परम्परा पूर्वी तिब्बतको आम्दो क्षेत्रमा विकसित भएको पाइन्छ। आम्दो (अहिलेको छिङघाई प्रान्त) र छिमेकी क्षेत्रका केही भागलाई थुक्पाको जन्मस्थानका रूपमा प्रचार गरिन्छ।
‘थुक्पा’ वा तिब्बती उच्चारणमा ‘ठग-पा’ को शाब्दिक अर्थ पनि ‘नुडल्सको झोल’ भन्ने बुझिन्छ। नुडल्स संसारका धेरै भागमा कम्तीमा दुई हजार वर्षदेखि लोकप्रिय खानाका रूपमा रहेको अनुसन्धाताहरूको दाबी छ। तर, यसको इतिहास खोतल्नु भनेको प्याकेटभित्र गुजमुजाएर राखिएको तयारी चाउचाउजस्तै जटिल छ।
साँच्चै चाउचाउ कसले पहिला खान थाल्यो होला? तिब्बती, चिनियाँ वा स्पेगेटीका नाममा इटालेली वा सेबईलगायत परिकारमार्फत अरब वा पर्सियनहरूले? यसमा ठूलै बहस गर्न सकिन्छ। तर, उत्तर–पश्चिमी चीनको लाजियाको ढुंगेयुगीन पुरातात्त्विक स्थलमा भेटिएको चाउचाउको प्रागैतिहासिक नमुनाका कारण चिनियाँहरूले चाउचाउ हाम्रो हो भन्न थालेका छन्।
राम्रोसँग संरक्षित, सिल गरिएको माटाको बटुकोजस्तो भाँडोमा रहेको कोदाको पीठोबाट बनाइएको लामो, पातलो धागोजस्तो चाउचाउ चार हजार वर्षअगाडि देखिएको उनीहरूको दाबी छ। उनीहरूको यो दाबीलाई पन्छाएर हेर्ने हो भने नेपालका उच्च पहाड र हिमाली भेगमा आडिलो आहारका रूपमा थुक्पाकै एउटा रूप ‘थेन्दुप’ पहिलेदेखि लोकप्रिय रहँदै आएको थियो।
गाउँघरमा उपलब्ध मासु, आलु-मुलाजस्ता कन्दमूल र हरियापरिया तरकारीको झोलमा पीठोको रोटी बेलेर चुँड्दै हालेर पकाइने थेन्दुपले अझै पनि जाडोमा आडिलो र तातो आहारका रूपमा धेरै नेपालीलाई तागत दिँदै आएको छ। चारपाँच वर्षअघि कृषि वैज्ञानिक मदन राईको सक्रियतामा खोटाङमा खुलेको शुभम् स्कुलको भान्सामा विद्यार्थीहरूले बनाएको थेन्दुपको जस्तो स्वाद आजसम्म मैले कतै भेटेको छैन। रमाइलो कुरा, थुक्पा भन्नासाथ हाम्रो आँखाअगाडि झोल आउँछ, तर धरानमा सुक्खा थुक्पा पनि उत्तिकै लोकप्रिय छ। छोला र चाउचाउको त्यो मिश्रणमा बिस्तारै पोर्क वा चिकेनमा अकबरे हालेपछि त्यसको स्वादमा चौगुना वृद्धि भएको छ। यसैमा पछि थपिएको आलुचपविना त अब धराने थुक्पा अधुरोजस्तो लाग्न थालेको छ।
खाद्य अनुसन्धानकर्ता पनि रहेका श्रेष्ठ भन्छन्, ‘यसैले हिजोआज धरानमा थुक्पा बिहानको खाजा, दिउँसोको नास्ता र बेलुकीको खाना भएको छ।’
नेपाली खाना वास्तवमै भारत र तिब्बती स्वादको सम्मिश्रण हो। छैन त धराने थुक्पाले, हाम्रो बहुसांस्कृतिक पहिचानलाई झन् झल्काइदिएको?
You may also like
-
ड्रग्स नियन्त्रण: विभिन्न जिल्लाबाट १५ जना पक्राउ
-
नेपालले आधारभूत स्वास्थ्य सेवासहित सर्वसुलभ स्वास्थ्य कवरेजतर्फ प्रगतिस गरिरहेको छ
-
जेन जेड प्रदर्शनको अराजकता पछाडि, १८० भागेकाहरू अझै ट्रेस हुन सकेका छैनन्
-
रुपन्देही-२ र बागलुङ-२ मा, आरएसपीका खरेल र शर्मा विजयी
-
मतगणना भइरहेको छ, र आरएसपीसँग ४० जितहरू छन्
