एथलेटिक्स परिवार नेपालको संयोजनमा गत महिनामा भारतको राँचीमा भएको साफ एथलेटिक्स च्याम्पियनसिपमा नेपालका लागि पदकसहित राष्ट्रिय कीर्तिमान कायम गर्ने र खेलाडीलाई युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले प्रोत्साहन स्वरूप खेल सामग्री प्रदान गरे।
उक्त खेल सामग्री बेलायतमा रहेको नेपाल रन यूकेबाट प्राप्त भएको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित कार्यक्रममा गुप्ताले पाँच हजार मिटर र १० हजार मिटर दौडमा दुई कास्य र नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्ने धादिङकी सन्तोषी श्रेष्ठ, लङजम्पमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्ने आर्मीका सलिम देवान, प्रहरीकी सीमाकुमारी चौधरीसहित आर्मीका पूर्णलक्ष्मी न्यौपाने र निशा कार्की, गण्डकी प्रदेशकी नारायणी भण्डारी र बागमती प्रदेशकी मिङमार सिंह तामाङलाई खेल सामग्री प्रदान गरिएको एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले जानकारी दिए।
You may also like
-
ड्रग्स नियन्त्रण: विभिन्न जिल्लाबाट १५ जना पक्राउ
-
नेपालले आधारभूत स्वास्थ्य सेवासहित सर्वसुलभ स्वास्थ्य कवरेजतर्फ प्रगतिस गरिरहेको छ
-
जेन जेड प्रदर्शनको अराजकता पछाडि, १८० भागेकाहरू अझै ट्रेस हुन सकेका छैनन्
-
रुपन्देही-२ र बागलुङ-२ मा, आरएसपीका खरेल र शर्मा विजयी
-
मतगणना भइरहेको छ, र आरएसपीसँग ४० जितहरू छन्
