चार महिनापछि मार्तडी–कोल्टी सडकमा बस, २६ वर्षदेखि कालोपत्रेमा हिँड्ने सपना अधुरै


एजेन्सी: सबैलाई दसैँ र तिहारको चटारो लागिरहेका बेला बुढिनन्दा नगरपालिकाका मेयर जनक कुमार बोहरालाई भने मार्तडीदेखि कोल्टीसम्मको सडक सुधार कसरी गर्ने भन्ने विषयले पिरोली रहेको थियो ।

करिब ४२ किलोमिटरको सडक स्थानीयका लागि सास्ती मार्ग हो । सामान्य झरीमा पनि अवरुद्ध हुने यो सडक यहाँको लाइफ लाइन हो ।

जिल्लाको पूर्वी उत्तरी भेग कोल्टी क्षेत्रका चार वटा स्थानीय तहसँगै छिमेकी जिल्ला हुम्ला, मुगु र कालिकोटका स्थानीयहरूले पनि यहीँ बाटो भएर यात्रा गर्ने गरेका छन् ।

असार मसान्तपछि अवरुद्ध भएको सडक पुन सुचारु भएको छ। दसैँ पहिलेसम्म अति आवश्यक सवारी साधन समेत सुचारु गर्न सकिने अवस्था थिए । आफै खटिएर दसैँ पहिले जिप सुरु गर्ने बाटो निर्माणमा लागेका मेयर बोहराले मङ्गलवारबाट यात्रु बाहक बस सुचारु गर्ने बाटो तयार गरेका हुन् ।

‘बाहुली खोला, दानसानु, रजातली र जिल्लीमा पहिरोले सडक नराम्ररी बिगारेको थियो । नगरपालिकाको डोजर लिएर म आफैँ कयौँ पटक त्यहाँ लागेको छु’ मेयर बोहराले भने ‘दसैँ पहिले जिप सुचारु भयो तिहार पहिले हामीले बस सुरु ग¥यौँ । ’

सडक पूर्ण रूपमा बिग्रँदा पाँच खण्डका यात्रुहरूले सवारी चढ्ने गर्दथे । यसरी ४२ किलोमिटरको यात्राका लागि करिब २ हजार बढी भाडा तिर्नुपर्ने बाध्यता थियो । दसैँ पहिले जिपमार्फत १ हजारमा यात्रा गरिरहेका यहाँका स्थानीयले अब पाँच सयमै मार्तडी कोल्टी यात्रा गर्न पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *