एजेन्सी: माइतीघरबाट निस्किएको जेनजी प्रदर्शनकारीको जुलुस बानेश्वरस्थित संसद भवनतर्फ अघि बढेको छ । प्रहरीको ब्यारिकेड तोड्दै जुलस अगाडि बढेपछि तनाव उत्पन्न भएको छ ।
संसद भवनतर्फ जाने प्रयास गरेका केही युवाहरुलाई प्रहरीले लाठी प्रहार गरे । त्यसका बाबजुद पनि भिड रोकिएको छैन ।
प्रहरीले संसद भवन अगाडि आएका प्रदर्शनकारीलाई अश्रुग्यास प्रहार गरेको छ ।
पानीको फोहरा हान्ने गाडीलाई संसद भवन अगाडि राखेको छ ।
युवाहरुले प्रहरीलाई पानीको बोतल प्रहार गरेका छन् । उनीहरुले बालेनको समर्थन र प्रधानमन्त्रीको विरुद्धमा नारावाजाी गरिरहेका छन् ।
You may also like
-
ड्रग्स नियन्त्रण: विभिन्न जिल्लाबाट १५ जना पक्राउ
-
नेपालले आधारभूत स्वास्थ्य सेवासहित सर्वसुलभ स्वास्थ्य कवरेजतर्फ प्रगतिस गरिरहेको छ
-
जेन जेड प्रदर्शनको अराजकता पछाडि, १८० भागेकाहरू अझै ट्रेस हुन सकेका छैनन्
-
रुपन्देही-२ र बागलुङ-२ मा, आरएसपीका खरेल र शर्मा विजयी
-
मतगणना भइरहेको छ, र आरएसपीसँग ४० जितहरू छन्
