एजेन्सी: नारायणगढ-मुग्लिन सडक खण्डको तुइनखोला छेउमा हिजोदेखि झरेको पहिरोको कारण रोकिएको सडक अहिले बिहानसम्म खुलाउन सकिएको छैन ।
रातभर पनि सवारी आवतजावत अवरुद्ध रहेकोमा पहिरो पन्छाउन नसक्दा कतिबेला बाटो सञ्चालन गर्न सकिन्छ भन्ने यकिन नभएकोले डिभिजन सडक कार्यालय चितवनले वैकल्पिक बाटो प्रयोग गर्न यात्रुहरुलाई अनुरोध गरेको छ ।
हिजो साँझदेखि अहिले बिहानसम्म पनि पहिरो खसिरहेकोले दुईवटा लोडरले पहिरो पन्छाएर नसकिएको सडक सुपरभाइजर इश्वर क्षेत्रीले जानकारी दिएका छन् ।
उनले थप एक्साभेटर पनि ल्याएर पहिरो पन्छाउने तयारी गरेपनि पहिरो झर्न नरोकिएको कारण बाटो खुलाउन तत्काल सम्भव नहुने देखिएको जनाएका छन् ।