नेपाल प्रिमियर लिग: पोखरा संकटमा, ६ विकेट गुमाउँदै ७ रन मात्रै

नेपाल प्रिमियर लिगमा पोखराको टोली चितवन राइनोजसँग संघर्षरत छ । उसले ४ ओभरमा ६ विकेट गुमाएर ७ रन मात्र बनाउन सकेको छ । कीर्तिपुर मैदानमा चितवन राइनोजले दिएको १६२ रनको लक्ष्य पछ्याएको पोखराले पहिलो ओभरमा एक्लै तीन विकेट गुमाएर ठूलो धक्का खायो । खेलको सुरुमै टोली निकै दबाबमा छ ।

ओपनर तथा कप्तान कुशल भुर्तेललाई पहिलो बलमै चितवनका सोहल तनवीरले आउट गरेका थिए । कुनै रन बनाउन नसकेका भुर्तेललाई रवि बोपारामरले कैच आउट गरेका थिए । कुशल आउट भएपछि दिलीप नाथा क्रिजमा आए पनि सोहलको बलिङको सिकार भए । नाथाले चार बलमा चार रन बनाएर दीपक बोहराको हातमा कैच आउट भए ।

पोखरका अर्का खेलाडी बास डी लिडे सोहलको बलबाट बच्न सकेनन् । लिडेलाई आफ्नो पहिलो ओभरको अन्तिम बलमा ल्यूक बेन्केन्स्टाइनले क्याच आउट गरेका थिए। १ बल मात्र खेलेका लिडेले पनि खाता खोल्न सकेनन् ।

पहिलो ओभरमा रिसाएको पोखराले दोस्रो ओभरमा रिकभर गर्ने प्रयास गरेको थियो । विकेट खसेको छैन । तर तेस्रो ओभरको पहिलो बलमा अर्का ओपनर दिनेश खरेल पनि आउट भए । उनले १२ बलमा १ रन मात्र बनाए । उनलाई पनि सोहलले दीपक बोहराको माध्यमबाट क्याच आउट गरेका थिए ।

पोखराको विकेटको शृङ्खला त्यतिमै रोकिएन । तेस्रो ओभरको तेस्रो बलमा क्षेत्र ढकालले किरण ठगुन्नालाई बोल्ड गरे । किरणले दुई बलमा १ रन बनाए । चौथो ओभरमा छैटौं विकेट पतन भयो। रिजनको बलमा माइकल लिस्क रनको खाता नखोल्दै आउट भए । यसरी ६ विकेट गुमाएपछि पोखरा चौथो ओभरमा ७ रन जोडेर नाजुक अवस्थामा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *