आज देशभर मौसम बदली भएको छ । काठमाडौं उपत्यकामा पनि आकाश कुहिरो लागेको छ । देशमा पश्चिमी न्यून चापीय प्रणाली र पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसम बदली भएको छ । दिउँसो केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो साँझदेखि पश्चिम नेपालबाट सुरु भएको बदलीसँगै आज देशका अधिकांश भूभागमा मौसम बदली भएको छ । महाशाखाले आज बिहान पठाएको सन्देश अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा हल्का वर्षा भइरहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च हिमाली तथा पहाडी भेगमा हल्का हिमपात भइरहेको छ ।
आगामी २४ घण्टामा सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको साथै बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशका थोरै स्थानहरुमा साथै गण्डकी र वाग्मती प्रदेशका एक वा दुई स्थानमा हल्कादेखि मध्यम हिमपात हुनेछ। बिहान काठमाडौं उपत्यका र तराईका केही स्थानमा कुहिरो लाग्ने सम्भावना रहेको छ । बदलिँदो मौसमलाई मध्यनजर गर्दै महाशाखाले नागरिकलाई उचित सुरक्षा उपाय अपनाउन सुझाव दिएको छ ।
You may also like
-
ड्रग्स नियन्त्रण: विभिन्न जिल्लाबाट १५ जना पक्राउ
-
नेपालले आधारभूत स्वास्थ्य सेवासहित सर्वसुलभ स्वास्थ्य कवरेजतर्फ प्रगतिस गरिरहेको छ
-
जेन जेड प्रदर्शनको अराजकता पछाडि, १८० भागेकाहरू अझै ट्रेस हुन सकेका छैनन्
-
रुपन्देही-२ र बागलुङ-२ मा, आरएसपीका खरेल र शर्मा विजयी
-
मतगणना भइरहेको छ, र आरएसपीसँग ४० जितहरू छन्
