नेप्से घटेरै साताको सुरुआत‚ साढे चार अर्बको कारोबार

साताको पहिलो कारोबार दिन आज (आइतबार) नेप्से १९.९२ अंकले घटेको छ। ०.७६ प्रतिशतले घटेको नेप्से २५९५.१० विन्दुमा अडिएको छ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि १.९६ अंकले घटेर ४४८.२६ विन्दुमा रोकिएको छ। आज ३४५ कम्पनीको ७० हजार ५७६ पटकको कारोबारमा एक करोड १२ लाख ९९ हजार ३३४ कित्ता सेयर किनबेच भए। जसमा आज चार अर्ब ५२ करोड ८७ लाख १५ हजार ६७१ रुपैयाँको कारोबार भयो।

नेप्सेमा आज म्युचुअल फन्डबाहेक सबै समूहका सूचक घटे। म्युचुअल फन्डको सूचक ०.१९ प्रतिशतले बढ्यो। वाणिज्य बैंक समूहको ०.४७ प्रतिशत‚ विकास बैंक १.४२‚ फाइनान्स १.३८‚ होटेल तथा पर्यटन १.६३‚ जलविद्युत् ०.८६, लगानी ०.६३‚ जीवन बिमा १.५२, उत्पादन तथा प्रशोधन ०.१०, लघुवित्त ०.६८‚ निर्जीवन बिमा ०.८०‚ अन्य ०.४२ तथा व्यापार १.०१ प्रतिशतले घटे।

नेप्सेमा आइतबार ४३ कम्पनीको मूल्य बढ्दा २०७ को घट्यो भने सातको स्थिर रह्यो।

एसवाई प्यानल लिमिडेडको सेयर मूल्यमा ९.९९ प्रतिशतले बढ्यो। जसको अन्तिम कारोबार मूल्य ६८५ रुपैयाँ रह्यो। यस्तै सिन्धु विकास बैंकको सेयर मूल्य १० प्रतिशतले घट्यो। अर्थात् नकारात्मक सर्किट लाग्यो। सिन्धुको अन्तिम कारोबार मूल्य ७१८ रुपैयाँमा अडियो।

आज सबैभन्दा धेरै स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरको कारोबार भयो। आज यसको १३ करोड पाँच लाख २८ हजार ७२८ रुपैयाँको सेयर कारोबार भएको छ। जसको अन्तिम सेयर मूल्य प्रतिकित्ता २९०० रुपैयाँ कायम रह्यो।

https://nepalnews.com/2025/12/21/nepse-starts-the-week-with-a-decline-turnover-of-4-5-billion

Leave a Reply

Your email address will not be published. Required fields are marked *