एजेन्सी: जेन-जीका नाममा विभिन्न समूहको सम्भावित प्रदर्शनलाई ध्यान दिँदै काठमाडौंका विभिन्न क्षेत्रमा सुरक्षा निगरानी बढाइएको छ । विशेषगरी माइतीघर मण्डलामा प्रहरी तैनाथी बढाइएको छ । माइतीघर परिसरमा प्रहरीको बाक्लो परिचालन गरेर कसैलाई पनि प्रदर्शन गर्न दिइएको छैन ।
जेनजीको माग पूरा नभएको भन्दै प्रदर्शनमा पुगेका डा. निकोलस भुसालसहित केहीलाई प्रहरीले पक्राउ गरेको छ ।
गृह मन्त्रालयले सबै नागरिकका चासो, सरोकार र मागलाई गम्भीरतापूर्वक वार्ता एवम् छलफलमार्फत समाधान गर्ने भन्दै धर्ना-जुलुसलगायतका कार्यक्रम गर्नु अगावै वार्ता र संवादका माध्यमबाट समस्याको समाधान गर्न भनेको थियो ।
You may also like
-
ड्रग्स नियन्त्रण: विभिन्न जिल्लाबाट १५ जना पक्राउ
-
नेपालले आधारभूत स्वास्थ्य सेवासहित सर्वसुलभ स्वास्थ्य कवरेजतर्फ प्रगतिस गरिरहेको छ
-
जेन जेड प्रदर्शनको अराजकता पछाडि, १८० भागेकाहरू अझै ट्रेस हुन सकेका छैनन्
-
रुपन्देही-२ र बागलुङ-२ मा, आरएसपीका खरेल र शर्मा विजयी
-
मतगणना भइरहेको छ, र आरएसपीसँग ४० जितहरू छन्
