माइतीघरमा बिहानैदेखि प्रहरी तैनाथ


एजेन्सी: जेन-जीका नाममा विभिन्न समूहको सम्भावित प्रदर्शनलाई ध्यान दिँदै काठमाडौंका विभिन्न क्षेत्रमा सुरक्षा निगरानी बढाइएको छ । विशेषगरी माइतीघर मण्डलामा प्रहरी तैनाथी बढाइएको छ । माइतीघर परिसरमा प्रहरीको बाक्लो परिचालन गरेर कसैलाई पनि प्रदर्शन गर्न दिइएको छैन ।

जेनजीको माग पूरा नभएको भन्दै प्रदर्शनमा पुगेका डा. निकोलस भुसालसहित केहीलाई प्रहरीले पक्राउ गरेको छ ।

गृह मन्त्रालयले सबै नागरिकका चासो, सरोकार र मागलाई गम्भीरतापूर्वक वार्ता एवम् छलफलमार्फत समाधान गर्ने भन्दै धर्ना-जुलुसलगायतका कार्यक्रम गर्नु अगावै वार्ता र संवादका माध्यमबाट समस्याको समाधान गर्न भनेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *