एजेन्सी: विद्यालय पोशाकमा विद्यार्थीहरूलाई आन्दोलनमा सहभागी गराइएपछि प्रहरीले हस्तक्षेप गरेको छ । सोक्रममा माइतीघर मण्डलामा प्रहरी र प्रदर्शनकारीबीच ठेलमठेल भएको छ ।
नेकपा बहुमतनिकट अखिल क्रान्तिकारीले विभिन्न विद्यालय र क्याम्पसहरूमा अध्ययनरत विद्यार्थीहरूलाई आन्दोलनमा सहभागी गराएको थियो ।
प्रहरीले विद्यालय पोशाकमा सहभागीहरुलाई घर पठाउन आग्रह गर्दा पनि नमानेपछि धकेलाधकेलको अवस्था सिर्जना भएको हो
प्रहरीले ८ जनालाई पक्राउ पनि गरेको छ । जनपक्षीय शिक्षा ऐन जारी गर्न दबाब दिने उद्देश्यले प्रदर्शन गरिएको बताइएको छ ।