गर्मी बढ्दै गएपछि जनकपुरधामका विद्यालयहरू बन्द

एजेन्सी:  केही दिन देखि लगातार बढ्दै गएको गर्मीका कारण जनकपुरधाम उपमहानगरपालिकाले उपमहानगर क्षेत्रभित्रका सबै सामुदायिक तथा निजी विद्यालयहरू दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।


शिक्षा तथा खेलकुद विकास शाखाका प्रमुख धीरेन्द्र लाल कर्णले एक सूचना जारी गर्दै जेठ २९ र ३० गते विद्यालयमा पठनपाठन बन्द रहने उल्लेख गरेका छन् ।

उपमहानगरपालिकाले तापक्रमको तीव्र वृद्धि बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने भन्दै सावधानी स्वरूप विद्यालय बन्द गर्ने निर्णय लिएको हो । यद्यपि विद्यालय प्रशासन भने खुला रहने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *