तीर्थ रहेछ तनहुँ

हामी मुक्तिनाथ यात्रापछि तनहुँको दमौलीमा खाना खान अडिएका थियौँ। त्यहीबेला मुस्ताङका पत्रकार सुशील थकालीको फोन आयो। ‘कहाँ पुग्नुभयो?’ अत्तालिँदै उनले भने, ‘थाहा पाउनुभयो नि! यति एअरको विमान मुस्ताङको मानापाथी हिमाल फेद थासाङको सानुसरे भीरमा ठोक्किएर आज बिहान दुर्घटना भयो नि।’

अचानक यस्तो समाचार सुनेर हामी, पत्नी मुन्नी, छोरी शिवार्ती, सालो अमृत मिश्र, तनहुँका अग्रज पत्रकार प्रदीप काफ्ले, ओमकार आचार्य सबै हतप्रभ थियौँ। केही बोली निस्किएन। तनहुँसुर

कुल २०० किलोमिटर लम्बाइको पृथ्वी राजमार्गको आँबुखैरेनीदेखि कास्की जोड्ने कोत्रेसम्म ७२ किलोमिटर लम्बाइ तनहुँले ओगटेको छ। कास्की, लमजुङ, पाल्पा र चितवनसँग सिमाना जोडिएको तनहुँ म धेरैपटक गएको छु। पृथ्वी र सिद्धार्थ राजमार्गको बाटो मुग्लिङ हुँदै पोखरा, पाल्पा र बुटवल वा त्यसपछिको यात्रा गर्ने हो भने तनहुँ नटेकी धरै पाइँदैन। यो बाटोबाट गरिएका प्रत्येक यात्राबारे मलाई सम्झना छैन। तर, माथि उल्लेख गरिएको घटनाका कारण त्यसपटकको तनहुँ यात्रा स्मरणीय बन्न पुगेको छ। सम्झँदा अझै पनि आङ सिरिंग हुन्छ। तनहुँसुर दरबारका अवशेष अझै अवलोकन गर्न सकिन्छ। इतिहासका जानकारहरूका अनुसार नेपाल राज्य एकीकरण प्रयास पृथ्वीनारायण शाहभन्दा पहिला पाल्पाली राजा मणिमुकुन्द सेनले गरेका थिए। त्यस क्रममा मणिमुकुन्द तनहुँ पनि आएको बताइन्छ। तनहुँसुरको दरबारमा अवलोकनपश्चात् यसको ऐतिहासिकता सहजै अनुमान लगाउन सकिन्छ।

पूर्वीय जीवनदर्शनलाई मार्गनिर्देश गर्ने चार वेद, अठार पुराणका रचयिता महर्षि वेदव्यास, आदिकवि भानुभक्त आचार्यको जन्मस्थल र पछिल्लो समय देशका राष्ट्रपति रामचन्द्र पौडेल जन्माउने भूमिका रूपमा समेत तनहुँको सुनाम छ। भानुभूमि

नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मथलो हो, भानु नगरपालिका-४ चुँदीरम्घा। डुम्रेबाट करिब सातआठ किलोमिटरको दूरीमा अवस्थित चुँदीरम्घामा २९ असार १८७१ मा अवतरण गरेका भानुको जन्मभूमिको सोचेअनुसार विकास हुन सकेको छैन। मैले दुईतीन पटक भानुभूमिको भ्रमण गरेको छु। व्यासभूमि र देवधाम

तनहुँ नेपाली भाषा र भानुको स्मृतिसम्म मात्र सीमित छैन, यो सिंगो सनातन हिन्दू धर्मावलम्बीकै पावन भूमिका रूपमा स्थापित छ। नेपाल पत्रकार महासंघ तनहुँका पूर्वअध्यक्ष एवं पूर्वकेन्द्रीय सदस्य प्रदीप काफ्लेका अनुसार महर्षि वेदव्यास र उनकी आमा सत्यवतीको सन्दर्भ पनि तनहुँसँग जोडिन्छ। व्यास नगरपालिका-३ मा अवस्थित व्यास गुफामा व्यासको जन्म भएको मान्यता छ। काफ्लेका अनुसार पूर्वीय साहित्यका महाकवि वेदव्यासले यही भूमिमा महाभारत, चार वेद र अठार पुराणको रचना गरेको सन्दर्भ विभिन्न स्रोतले प्रमाणित गरे पनि व्यासभूमिको उचित प्रसारप्रसार भने हुन सकेको छैन।

तिथिमिति यकिन त छैन, तर एकपटक म त्यहाँ पुगेको सम्झन्छु। यस स्थानको महत्त्वका आधारमा संरक्षण र अनुसन्धानलाई गति प्रदान गर्न सके यो विश्वमै धरोहरका रूपमा स्थापित हुन सक्ने विश्वास गर्न सकिन्छ। पत्रकार न्यौपानेले २०४१ सालमा योगी नरहरिनाथले कोटिहोम लगाउने सिलसिलामा आयोजित धर्म सभामा महर्षि वेदव्यासको अवतरण भूमि दमौलीस्थित शुक्लामाहेन्द्री संगम भएको बताएको जानकारी दिएपछि यस क्षेत्रको अध्ययनमा चासो बढेको थियो। बन्दीपुर : पहाडकी रानी

बन्दीपुरको चर्चा गरिएन भने तनहुँ यात्राले सार्थकता पाउँदैन। २०२५ सालमा बन्दीपुरबाट तनहुँ सदरमुकाम दमौली सारिएको हो। पर्यटकबीच यो पहाडी नगर जीवन्त प्राचीन सांस्कृतिक नगरका रूपमा परिचित छ। यहाँको समाज, संस्कृति, सम्पदा, परम्परा, रीतिरिवाज आदि पर्यटकीय रुचिका विषय हुन्। कति पर्यटक यहाँ यिनै विषयको अध्ययन गर्न आउँछन्। पहाडकी रानी उपनामले चिनिने बन्दीपुरबाट देखिने पहाड, हिमाल र वनजंगलको दृश्य–उपस्थितिले जोकोहीलाई मोहित गर्दछ।

पत्रकार सूर्यचन्द्र बस्नेतका अनुसार यो जिल्लाबारे अझ मिहिन जानकारी प्राप्त गर्न खोज्ने हो भने थानीमाई मन्दिर, ढोरवाराही मन्दिर, छिम्केश्वरी मन्दिर, अकलादेवी मन्दिर र ऋषिंग रानीपोखरीको अवलोकन जरुरी छ। मैले यी ठाउँ जान चाहेमा उनले साथी बनिदिने वाचा पनि गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *