एजेन्सी: सरकारले कर दिवसको अवसर पारेर उत्कृष्ट करदाताहरूलाई सम्मान गरेको छ ।
व्यक्तिगततर्फ राजबहादुर शाह सबैभन्दा ठूलो करदाता घोषित हुँदा वस्तु व्यापारमा भाटभटेनी सुपरमार्केट परेको छ । त्यस्तै डाबर नेपाल, आईएमई लिमिटेड, युनिलिभर, नोबेल मेडिकल कलेज तथा अस्पताललगायतका संस्था धेरै कर तिर्नेमा परेका छन् ।
आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा बढी आय कर तिर्ने नेपाल दूरसञ्चार प्राधिकरणले सबै भन्दा धेरै कर तिरेको छ । बस्तु निर्याततर्फ सबैभन्दा धेरै कर तिर्ने डाबर नेपाल प्रालि रहेको छ ।
त्यस्तै कृषि एवं पशुपन्छीतर्फ पोषक ब्रिडर फार्म उत्कृष्ट करदाताको सूचीमा परेको छ । बैंकतर्फ नेपाल इन्भेष्टमेन्ट मेगा बैंक तिरेको छ । स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, पर्यटन व्यवसायतर्फ सोल्टी होटल रहेका छन् ।
त्यस्तै सीडीएस एण्ड क्लियरिङ, उत्पादनमूलक उद्योगमा भोटेकोशी पावर कम्पनी, रेमिटेन्स तथा मनि ट्रान्सफरतर्फ आईएमई लिमिटेड पनि सम्मानित भएका छन् ।
You may also like
-
ड्रग्स नियन्त्रण: विभिन्न जिल्लाबाट १५ जना पक्राउ
-
नेपालले आधारभूत स्वास्थ्य सेवासहित सर्वसुलभ स्वास्थ्य कवरेजतर्फ प्रगतिस गरिरहेको छ
-
जेन जेड प्रदर्शनको अराजकता पछाडि, १८० भागेकाहरू अझै ट्रेस हुन सकेका छैनन्
-
रुपन्देही-२ र बागलुङ-२ मा, आरएसपीका खरेल र शर्मा विजयी
-
मतगणना भइरहेको छ, र आरएसपीसँग ४० जितहरू छन्
