प्रधानमन्त्री सुशीला कार्कीलाई तीन मन्त्रालयको जिम्मेवारी थपिएको छ। प्रतिनिधि सभा निर्वाचन लड्न तीन मन्त्रीले राजीनामा दिएपछि प्रधानमन्त्रीको जिम्मामा थप तीन मन्त्रालय परेको हो।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले चुनावमा उम्मेदवारी दिन राजीनामा दिएपछि यी मन्त्रालयको जिम्मेवारी राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्कीलाई नै दिएका हुन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्माननीय प्रधानमन्त्री श्री सुशीला कार्कीज्यूको सिफारिसमा मौजुदा मन्त्रिपरिषद्का शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री श्री महावीर पुन‚ सञ्चार तथा सूचना प्रविधिमन्त्री श्री जगदीश खरेल र युवा तथा खेलकुदमन्त्री श्री बब्लु गुप्ताले नेपालको संविधानबमोजिम प्रधानमन्त्रीसमक्ष राजीनामा दिनुभएको हुँदा निजहरूले सम्हाली आउनुभएको मन्त्रालयहरूको कार्यभार समेत प्रधानमन्त्री स्वयंले सम्हाल्ने गरी तोक्नुभयो।”
You may also like
-
ड्रग्स नियन्त्रण: विभिन्न जिल्लाबाट १५ जना पक्राउ
-
नेपालले आधारभूत स्वास्थ्य सेवासहित सर्वसुलभ स्वास्थ्य कवरेजतर्फ प्रगतिस गरिरहेको छ
-
जेन जेड प्रदर्शनको अराजकता पछाडि, १८० भागेकाहरू अझै ट्रेस हुन सकेका छैनन्
-
रुपन्देही-२ र बागलुङ-२ मा, आरएसपीका खरेल र शर्मा विजयी
-
मतगणना भइरहेको छ, र आरएसपीसँग ४० जितहरू छन्
