विद्यार्थी संगठनबीच एकताका लागि क्रान्तिकारीले बनायो कार्यदल


एजेन्सी: १० वाम दलको एकतालाई स्वागत गर्दै माओवादीनिकट अखिल क्रान्तिकारीले विद्यार्थी संगठनबीचको एकतालाई व्यवस्थित गर्न कार्यदल बनाएको छ ।

अध्यक्ष विजयप्रकाश शर्माको अध्यक्षतामा बसेको केन्द्रीय कार्यलय बैठकले कात्तिक २९ गते पेरिसडाँडामा पदाधिकारी बैठक बोलाएको छ। त्यस्तै उपत्यकास्तरीय भेला कात्तिक ३० गते आरआरमा गरिने भएको छ ।

बैठकले क्रान्तिकारी, अनेरास्ववियू लगायत एकतामा आबद्ध दलका विद्यार्थी संगठनबीचको एकताको समन्वय गर्न उमेश कडेल, मदन ढकाल, दीपा जैसी र कृष्ण सुनार सम्मिलित कार्यदल बनाएको छ ।

यस्तै संगठनात्मक कार्यदलमा अटल आचार्य, विराज थापा, ममता अधिकारी र अभिमन्यू यादव छन् ।

सोमबारको बैठकमा तत्कालीन पार्टी उपमहासचिव शक्तिबहादुर बस्नेत संगठनका फ्रयाक्सन इन्चार्ज हिमाल शर्मा र सहइन्चार्ज पञ्चा सिंह उपस्थित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *