एजेन्सी: जेनजी आन्दोलनको क्रममा संसद भवनबाट लुटिएका सामग्री फिर्ता गर्न संसद सचिवालयले आग्रह गरेको छ ।
२४ गते जेनजीको आवरणमा अराजक समूहले नयाँ बानेश्वरस्थित संसद भवन छिरेर आगजानी, तोडफोड तथा लुटपाट गरेको थियो ।
सचिवालयले आज एक सूचना जारी गर्दै सोक्रममा भवनका टेबल, कुर्सी, कम्प्युटर, प्रिन्टर, स्क्यानर, क्यामेर, टेलिभिजन, मोनिटर, माइक, मिक्स्चर, स्पिकर, फोटोकपी मेसिन, विद्युतीय उपकरणलगायतका मालसामानहरू अनधिकृत व्यक्तिले लगेको जनाएको छ ।
ती सामान आफूसँग भए फिर्ता गर्न र सामान रहेको स्थान तथा व्यक्तिको नाम ठेगाना जानकारी भए सूचना दिएर सहयोग गर्न आग्रह गरिएको छ । मालसामानहरू लुटेर लगेको भिडिओ भए उपलब्ध गराउन भन्दै सबुद दिनेको नाम गोप्य राखिने सूचनामा उल्लेख छ ।
You may also like
-
पहलकदमी ‘सम्मान घर’ महिला फोहोर कामदारका बच्चालाई सहयोग गर्न सुरु भयो
-
युवाहरूको गति सुहांग नेम्बाङलाई बढावा दिन्छ जब नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) नेतृत्वको छनोटको विचार गर्छ
-
प्रधानमन्त्रीले रुद्राभिषेक पूजा सम्पन्न गर्दै पशुपतिनाथमा श्रद्धाञ्जली अर्पण गरे
-
प्रोफेसर डा. ज्ञवालीले नयाँ सरकार गठनपछि आर्थिक स्थायित्व देखेको बताएका छन्
-
‘एभरेस्ट ड्रीम’ एनआईएफएफ मा प्रिमियर हुने तयारीमा
