एजेन्सी: काठमाडौं स्पाईकर्सबाट दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग खेल्न तीन विदेशी खेलाडी नेपाल आइपुगेका छन् । काठमाडौंबाट खेल्न थाईल्याण्डका दुई र बुल्गेरियाका एक खेलाडी मंगलबार नेपाल आइपुगेका हुन् ।
थाईल्याण्डका अपोजिट हिटर अपिन्या प्रथाबिमसोङ र आउटसाईड हिटर कन्चना सिसाईकाएओ तथा बुल्गेरसयनकी सेटर पोलिना नेकोभालाई काठमाडौंले टोलीमा अनुबन्ध गरेको थियो ।
काठमाडौंकी मार्की प्लेयर नेपाली राष्ट्रिय महिला भलिबल टिमकी मुख्य स्पाइकर उषा भण्डारी छिन् । नेपाली खेलाडीको रुपमा मनिषा चौधरी, यमुना रसाइँली, रिमा कुँवर, बाल्मिका आचार्य, कमला पुन, आशिका क्षेत्री र भुवनेश्वरी चन्द छन् । लिग भदौ २० देखि २८ सम्म पोखरामा हुँदैछ ।