घरमै खुलेको ‘थ्री एल’ ग्यालरी, सुमित्राको समर्पण पोखिने थलो

एजेन्सी: काठमाडौंमा ललितकलामा स्नातकोत्तर पास गरिसकेपछि सुमित्रा राना सुत्पराईले आफ्नो जीवनलाई चित्रकला र सिर्जनात्मक कलासँग बाँध्ने निर्णय गरिन् ।


काठमाडौंमा यसको भविष्य बढी थियो तर उनले त्यहाँको व्यस्त जीवन छाडेर रुपन्देहीलाई कर्मथलो बनाएकी हुन् । विशेषतः २०७२ सालको विनाशकारी भूकम्पपछि काठमाडौं छाडेर बुटवल आएकी सुमित्राले सपना देखेकी थिइन् आफ्नै नाममा आफ्नै घरमा एउटा कला ग्यालरी खोल्ने ।

त्यो सपना २०८२ साल बैसाख १७ गते पूरा गरेकी हुन् । उनले सैनामैना नगरपालिका–१, वनकट्टा, नमूना पथस्थित आफ्नै ढाईतले घरमा ‘सुमित्रा थ्री एल ग्यालरी’ सञ्चालन गरेर आफ्नो सोखलाई व्यावसायिक रूप दिएकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *