स्टडी ग्रुपका सीईओद्वारा नेपाली विद्यार्थीहरूका लागि लन्डनमा शिक्षाका नयाँ अवसरहरूको घोषणा

स्टडी ग्रुपका सीईओ इयान क्राइटनले सफलतापूर्वक नेपाल भ्रमण गर्दै लन्डनस्थित युनिभर्सिटी अफ हडर्सफिल्डसित भएको साझेदारीमार्फत नेपाली विद्यार्थीहरूका लागि नयाँ शैक्षिक अवसरहरूको घोषणा गरेका छन्। यस साझेदारीमार्फत नेपाली विद्यार्थीहरूलाई हडर्सफिल्डको नयाँ लन्डन क्याम्पसमा व्यवस्थापन, अन्तर्राष्ट्रिय व्यापार, कम्प्युटिङ र मार्केटिङ जस्ता विभिन्न स्नातकोत्तर कार्यक्रमहरू अध्ययनको अवसर प्रदान गरिनेछ। हडर्सफिल्डको यो नयाँ लन्डन क्याम्पस शहरको नयाँ सम्पत्ति विकास परियोजनाको केन्द्रमा अवस्थित छ।


आफ्नो भ्रमण अवधि क्राइटनले पाठ्यक्रमहरू अनुभवी प्राध्यापकहरू र उद्योगमा अनुभवी शिषाविदहरूद्वारा रोजगारीमुखी वातावरणमा पठन-पाठन गराइने बताए जसले विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्ने अवसर प्रदान गर्नेछ। क्राइटनले भने, “विद्यार्थीहरूको जीवनमा अन्तर्राष्ट्रिय शिक्षाले पार्ने रूपान्तरणकारी प्रभावले हामीलाई निरन्तर प्रेरित गर्दछ। युनिभर्सिटी अफ हडर्सफिल्ड, लन्डनले विश्वस्तरीय ब्रिटिश शिक्षालाई प्रतिनिधित्व गर्छ जसले शैक्षिक उत्कृष्टतालाई व्यावहारिक उद्योग सम्बन्धहरूसित जोडेर विद्यार्थीहरूको करियर सफल बनाउन सहयोग गर्दै प्रवेशद्वारको काम गर्नेछ।”


तिनको भ्रमणअन्तर्गत महत्त्वपूर्ण शैक्षिक सरोकारवालाहरू अनि सञ्चार माध्यमहरूसित भेटघाट पनि समावेश थियो जसले अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा नेपालको महत्त्वलाई अझ सुदृढ बनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *