एजेन्सी: नेपाली तथा भोजपुरी फिल्ममा अभिनय गरेकी अभिनेत्री तथा मोडल समिता गिरीले नेपालमै पहिलो पटक कर्पोरेल शैलीको सौन्दर्य व्यवसायको थालनी गरेकी छन्
काठमाडौंको कमलपोखरीमा केही दिन अघिदेखि सञ्चालनमा आएको ‘सलोन टाइम बाई आक्स मि मेडम’ मार्फत अभिनेत्री गिरीले व्यवसायको थालनी गरेकी हुन् ।
अभिनेत्री गिरीले भारतको लोकप्रिय सलोन टाइमको फ्रेन्चाइजीको रुपमा काठमाडौंबाट यो व्यवसायको थालनी गरेको बताइन्
हालै कलाकार गिरीकी आमा तारादेवी गिरी तथा श्यामकुमार गिरीसहित केही सेलिब्रेटीहरुले उक्त होम सलूनको कार्यालयको उद्घाटन गरेका छन् ।
कलाकार गिरीका अनुसार यो सेवा नेपालमा पहिला पटक भएकाले नौलो पनि लाग्न सक्छ । वास्तवमा सलोन टाइम एउटा एप हो, जहाँ पार्लरको सेवा तथा सुविधा लिन इच्छुक युवती तथा महिलाहरुले एपमै गएर आफूलाई उपयुक्त हुने टाइम स्लट छनोट गर्न सक्ने छन् ।
गिरीका अनुसार यो होम सलूनले सेवाग्रहीलाई उनीहरुले चाहेको समयमा, उनीको घरमै अथवा उनीहरुले तोकेको स्थानमै गएर सेवा दिनेछन् ।
प्रारम्भिक चरणमा सलोन टाइममा तीन जना व्यूटिसिन तथा मेकअप आर्टिष्टहरुले सेवा दिइरहेका छन् । केही दिन भित्रै यसको सेवा काठमाडौं, ललितपुर, भक्तपुर, कीर्तिपुरसहित पूरै काठमाडौं उपत्यकामा उपलब्ध हुनेछ ।
You may also like
-
मेदांता- द मेडिसिटीले भारतको नम्बर १ स्थान पायो: बिरामी-केन्द्रित उत्कृष्टतामा एक कोसेढुङ्गा
-
वर्षको सबैभन्दा व्यस्त समयमा पर्यटकहरू सौराहामा आउँछन्।
-
सुनको मूल्य आज पनि २ हजारले घट्यो
-
स्थानीय बजारमा प्रामाणिक भारतीय स्वाद पुर्याूउन बिकाजीको नेपालका चौधरी समूहसित सहकार्य
-
धानले देशको ४५ प्रतिशत कृषियोग्य जमिन ओगटेको छ
