जीप दुर्घटनामा दुई जनाको मृ*त्यु

बझाङको केदारस्युँ गाउँपालिका–७ भामचौर नजिकै डाँडाइजर सुडेधार खोलामा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन्।
से ००१ च ४३७६ नम्बरको जीप ब्रेक फेल भएर बुधबार बिहान जीप दुर्घटना भएको हो। १५ जना काँडाचौरका स्थानीय बासिन्दालाई बोकेर बाग्थलातर्फ आउँदै गरेको जीप अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा केदारस्युँ गाउँपालिका–७ काँडाचौरका गोपाल धामी र पवित्रा धामीको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *