जिल्लाका उच्च क्षेत्रमा हिमपात हुँदा यहाँको जनजीवन प्रभावित भएको छ । चैनपुर नगरपालिका–१ गुफापोखरी आसपासमा गएरातिदेखि हिउँ परेको स्थानीयवासी आङ्कान्जु शेर्पाले जानकारी दिए । गएरातिदेखि गुफापोखरी, मङ्गलारे, किमाथाङ्का र मकालुमा हिमपात हुँदा दैनिक जनजीवन प्रभावित भएको उनले बताए । यस क्षेत्रमा अझै हल्का वर्षा र हिमपात भइरहेको छ । चिसो बढेपछि बालबालिका, वृद्धवृद्धा र पशुपंक्षी सबैभन्दा बढी प्रभावित भएका छन् ।
You may also like
-
परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना गरियो
-
भोटेकोशी बाढीमा जलजिद्युत आयोजनाका ८३७ जना अझै बेपत्ता
-
जनकपुरको रामजानकी मन्दिर संरक्षित स्मारक क्षेत्र घोषित
-
संविधान दिवसको अवसरमा मधेश भवन सरसफाइ
-
१४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले नै १५ औँ महाधिवेशन गराउँछ : कांग्रेस नेता सिंह
