यूएईको नेपाली दूतावासबाटै श्रम स्वीकृति दिइने

एजेन्सी: यूएईको नेपाली दूतावासबाटै श्रम स्वीकृति सेवा सुरु गरिने भएको छ । नेपाली श्रमिकहरूको सुविधालाई मध्यनजर गर्दै आबुधावीमा रहेको नेपाली दूतावासले अब श्रम स्वीकृति सेवा सिधै दूतावासबाटै प्रदान गर्ने भएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीको उपस्थितिमा आज उद्घाटन गरिने भएको यूएईका लागी नेपाली राजदुत तेजबहादुर क्षेत्रीले बताए ।

दुबईमा जारी वर्ल्ड गभर्मेन्ट समिटमा सहभागी हुन यूएई आएका श्रममन्त्री भण्डारीले आज दुबईको कानपाई बाइ हिलटन होटलमा एक कार्यक्रम गरेर यो सेवाको उद्घाटन गर्ने भएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *