एजेन्सी: काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–७ स्पेसलचोकस्थित सडकमा आज बिहान मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
सो सडकमा बाग्मती प्रदेश ०२-०४१ प ६८१९ को (डिओ) स्कुटर र प्रदेश ३-०२-००२ प ५७२ को (सुजुकीजिक्सर) मोटरसाइकल एकापसमा ठक्कर खाँदा घाइते भएका सिराहासाकिको जन्दहगाबिस–४ घरका अन्दाजी २९ वर्षीय भोला थापा तथा नाम, थर ठेगाना र आफन्त नखुलेको कालो पाइन्ट सेतो टिसर्ट लगाएका अन्दाजी ३५ वर्षीय अर्का एक पुरुषको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
उनले भने, ‘उक्त दुर्घटनामा परी गोरखा आरुपोखरी घर भई हाल बूढानीलकण्ठ-८ भङगाल बस्ने २४ वर्षीय एरिक परियार तथा नाम, थर, वतन नखुलेको कालो ट्र्याक, नीलो टिसर्ट लगाएका अर्का पुरुष व्यक्ति घाइते भएका छन् । उनीहरू दुवै जनाको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।’
You may also like
-
ड्रग्स नियन्त्रण: विभिन्न जिल्लाबाट १५ जना पक्राउ
-
नेपालले आधारभूत स्वास्थ्य सेवासहित सर्वसुलभ स्वास्थ्य कवरेजतर्फ प्रगतिस गरिरहेको छ
-
जेन जेड प्रदर्शनको अराजकता पछाडि, १८० भागेकाहरू अझै ट्रेस हुन सकेका छैनन्
-
रुपन्देही-२ र बागलुङ-२ मा, आरएसपीका खरेल र शर्मा विजयी
-
मतगणना भइरहेको छ, र आरएसपीसँग ४० जितहरू छन्
