एजेन्सी: नेपालमा राजनीतिक निकासपछि काठमाडौं उपत्यकामा जनजीवन सामान्य हुँदै गएको छ । जेनजीको आन्दोलनपछि स्थानीय प्रशासनमाथि नै आक्रमण हुँदा स्थानीय प्रशासक नेपाली सेनाको सुरक्षामा जानुपर्ने अवस्था आउँदा काठमाडौं उपत्यकामा नेपाली सेनाको निषेधाज्ञापछि अब स्थानीय प्रशासनले यसको जिम्मेवारी लिएका छन् । यसले नागरिकको दैनिक जीवनमा केही सहजता ल्याउने भएको छ ।
पछिल्लो समय सरकारले शहरी क्षेत्रमा सुरक्षा व्यवस्था मजबुत बनाउनका लागि सेनाको निषेधाज्ञा अन्त्य गरेको छ । यससँगै काठमाडौं उपत्कायका तीन वटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा तथा कफ्र्यु हटाएको जानकारी गराएका हुन् ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा शनिबार बिहान जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाको पछिल्लो सुरक्षा स्थितिको बारेमा बैठकमा समिक्षा गरेको छ ।
जिल्लाको पछिल्लो सुरक्षा अवस्थाबारे बिस्तारे सामान्य बन्दै गएको भन्दै जिल्ला सुरक्षा समितिको शुक्रबार साँझ भएको निर्णय अनुसार जारी गरिएको कफ्र्यु तथा निषेधाज्ञालाई परिमार्जन गर्न प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको । जसमा शनिबारका लागि जारी गरिएको निषेधाज्ञा तथा कफ्र्युलवाई स्थगित गरेको छ । जिल्लाका सम्वेदनशिल स्थानमा प्रमुख जिल्ला अधिकारीबाट गत साउन २४ मा जारी भएको आदेश बमोजिमको निषेधाज्ञालाई निरन्तरता दिइएको छ ।
यस्तै ललितपुरमा लगाइएको कफ्र्यु र निषेधाज्ञा स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले नेपाल प्रेसलाई जानकारी दिए । भक्तपुरका प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले पनि भक्तपुरमा लगाइएको कफ्र्यु र निषेधाज्ञा हटाइएको नेपाल प्रेससँग बताए ।
काठमाडौं उपत्यकामा राजनीतिक अस्थिरता र संघर्षको अवस्थाका कारण भदौ २४ गते रातिदेखि सेनाले सुरक्षा व्यवस्था सम्हालिरहेको थियो । अबको सुरक्षा व्यवस्था स्थानीय प्रशासनको निगरानीमा रहनेछ । यसले सुरक्षा व्यवस्था र नागरिक सेवामा सुधार ल्याउने अपेक्षा गरिएको छ ।
राजनीतिक संकटपछि काठमाडौं उपत्यकामा जनजीवन सामान्य बनिरहेको छ। चोक, बजार, र सार्वजनिक स्थानमा अब जनसंख्या सामान्य रूपले देख्न थालिएको छ भने निजी तथा सार्वजनिक सवारी साधन पनि चल्न थालेका छन् ।