नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर गगनकुमार थापा‚ विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई कारबाही गरेको छ।
नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको केन्द्रीय कार्यसमिति बैठकले विभिन्न आरोप लगाउँदै महामन्त्रीद्वय थापा‚ शर्मा र मन्सुरलाई कारबाही गरेको हो। बैठकले पाँच वर्षसम्म पार्टी सदस्यता नरहने गरी महामन्त्री थापा र शर्मालाई निष्कासन गरिएको केन्द्रीय समिति स्रोतले बताएको छ। केन्द्रीय समितिको निर्णयविपरीत विशेष महाधिवेशन बोलाएको लगायत आरोप लगाउँदै कारबाही गरिएको केन्द्रीय कार्यालयले जनाएको छ।
थापा र शर्मा कांग्रेसका महामन्त्री हुन् भने मन्सुर सह-महामन्त्री हुन्। महामन्त्रीद्वयले २७ पुसदेखि भृकुटीमण्डपमा विशेष महाधिवेशन आह्वान गरेका थिए। विशेष महाधिवेशनले हिजो (मंगलबार) मात्र केन्द्रीय समिति भंग गरिसकेको थियो।
कांग्रेसले नियमित महाधिवेशन २७ वैशाख २०८३ मा तोकेको थियो। २८ पुसदेखि नियमित महाधिवेशन आह्वान गरिएकामा केन्द्रीय कार्यसम्पादन समितिले सारेर वैशाखामा पुर्याएको थियो। ५४ प्रतिशत हस्ताक्षरसहित विशेष महाधिवेशनको माग गरेकामा नेतृत्वले नियमित अधिवेशनसमेत सारेपछि कांग्रेसमा कलह सुरु भएको थियो।
You may also like
-
ड्रग्स नियन्त्रण: विभिन्न जिल्लाबाट १५ जना पक्राउ
-
नेपालले आधारभूत स्वास्थ्य सेवासहित सर्वसुलभ स्वास्थ्य कवरेजतर्फ प्रगतिस गरिरहेको छ
-
जेन जेड प्रदर्शनको अराजकता पछाडि, १८० भागेकाहरू अझै ट्रेस हुन सकेका छैनन्
-
रुपन्देही-२ र बागलुङ-२ मा, आरएसपीका खरेल र शर्मा विजयी
-
मतगणना भइरहेको छ, र आरएसपीसँग ४० जितहरू छन्
