डोलप्रसाद अर्याल सभामुखमा निर्वाचित

गत फागुन २१ गते भएको निर्वाचनपछि बनेको संसद्को सभामुख डोलप्रसाद अर्याल निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापतिसमेत रहेका सांसद अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका हुन् । सभामुख पदका लागि अर्यालको मात्र उम्मेदवारी परेको थियो । अर्यालको प्रस्तावक रास्वपाका सभापति रवि लामिछाने थिए । यस्तै उनको समर्थकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल थिए । उनलाई आइतबार बस्ने प्रतिनिधिसभाबाट सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *