कम्बोडियाबाट ४६ नेपाली स्वदेश फर्काइए

सरकारले कम्बोडियाबाट ४६ जना नेपालीलाई स्वदेश फर्काएको छ । थाइल्याण्डस्थित नेपाली राजदूतावासले अवैध रूपमा कम्बोडिया बसेका नेपालीहरुलाई उद्धार गरी स्वदेश फर्काएको हो । दूतावासले ३० चैत र १ वैशाखमा कम्बोडियाबाट उद्धार गरिएका नेपालीलाई स्वदेश फिर्ता पठाएको हो । प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेर अवैधरूपमा सञ्चालित अनलाइन स्क्यामिङ्ग केन्द्र, क्यासिनोमा अनलाइन ठगी र अन्य विभिन्न गैरकानुनी काममा लगाइएका र कम्बोडियामा बिनाभिसा बसिरहेका ४६ जना नेपालीको उद्धार गरिएको दूतावासले जनाएको छ । दूतावासले कम्बोडियामा अलपत्र परेका अन्य नेपालीहरूलाई पनि स्वदेश फर्काउने पहल भइरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *