प्रधानसेनापति सिग्देल र भारतीय सेनाध्यक्षबीच भेटवार्ता

काठमाण्डु नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल र भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठबीच भेटवार्ता भएको छ ।
उनीहरुबीच सैनिक मुख्यालय जंगी अड्डामा भेटवार्ता भएको हो । भेटका क्रममा आपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक मुख्यालयले बताएको छ ।
प्रधानसेनापति सिग्देलको निमन्त्रणमा आइतबार काठमाडौं आइपुगेका सेठले टुँडिखेलस्थित सैनिक मञ्चमा माल्यार्पण गरेका थिए । त्यसपछि सैनिक मुख्यालयमा गार्ड अफ अनर लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *