्खगराज भट्टले लिए सुदूरपश्चिमका मुख्यमन्त्रीको शपथ

काठमाडौं सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार दिउँसो प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्री भट्टले शपथ लिएका हुन् ।
भट्ट नेपाली कम्युनिस्ट पार्टी नेकपाका प्रदेशसभा संसदीय दलका नेता हुन् । सुदूरपश्चिम प्रदेशसभामा नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० प्रदेशसभा संसदीय दलका नेता भट्ट एमालेको समर्थनमा शुक्रबारै मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
उनी नेकपा एमाले र नेकपाबीच भएको तीन बुँदे सहमतिअनुसार दुई दलको गठबन्धनमा मुख्यमन्त्री बनेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *