सीएफआरडीले ल्यायो बाढीपीडितका लागि २७ टन राहत सामग्री

काठमाडौं भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि चिनियाँ संस्था चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट (सीएफआरडी)लृ २७ टन राहत सामग्री ल्याएको छ ।
सीएफआरडीले सञ्चालन गरेको ‘८.२६ नेपाल मडस्लाइड रेस्क्यु अपरेसन’ अन्तर्गत पहिलो चरणको राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो।
पहिलो चरणमा चीनबाट ल्याइएको राहत सामग्रीमा १७५ त्रिपाल, १ हजार कम्बल, १ हजार न्यानो कपासका कोट, १ हजार आपतकालीन मानवीय राहत बाकस र ६ हजार मेडिकल प्याकिङ ब्याग छन्।
करिब २७ टन तौलका यी सामग्रीको मूल्य १० लाख चिनियाँ युआनभन्दा बढी रहेको सीएफआरडीले जनाएको छ। नेपाल सरकारको विपद् व्यवस्थापन संयन्त्रसँगको समन्वयमा सामग्री रसुवा प्रभावित क्षेत्रमा पठाइने उक्त संस्थाले जनाएको छ।
त्यस्तै सीएफआरडीले नुवाकोट क्षेत्रमा १४ पाल, ५०० खाद्यान्न प्याकेज, ५०० परिवारका जीवनयापन सामग्री र ५ हजार सौर्य बत्ती उपलब्ध गराउने कामअघि बढाइसकेको छ। खाद्यान्न प्याकेजमा चामल, तेल र दाललगायतका सामग्री छन्।
सीएफआरडीले प्रभावित समुदायको बदलिँदो आवश्यकता र अवस्थाका आधारमा आगामी दिनमा पनि सहयोग जारी राख्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *