बाढीले बगाएको पुल सञ्चालनमा

असोजको दोस्रो साता आएको बाढीले बगाएको डेढगाउँ पुलको तनहुँतर्फको सडक मर्मत गरेर यातायात सुचारु गरिएको छ।
असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले यहाँको बौदीकाली गाउँपालिकास्थित डेढगाउँ पुलको दुवैतर्फका किनारा भत्काएका कारण आउजाउ ठप्प थियो।
स्थानीय उज्ज्वल ओझाका अनुसार कालीगण्डकीमाथि रहेको डेढगाउँ पुलले तनहुँको घिरिङ गाउँपालिकाको मनदार र पूर्वी नवलपरासीको डेढगाउँ जोड्छ। सडक विभागले तनहुँतर्फ पुलसम्म पुग्ने एप्रोच रोड निर्माण गरेपछि बुधबार रातिदेखि यातायात सञ्चालन भएको हो।
डेढगाउँतर्फको भाग भने एक साताअघि नै निर्माण सम्पन्न भएको हो।
कालीगण्डकी नदीमाथिको यही डेढगाउँ पुल हुँदै यात्रुहरू गैँडाकोट–बुलिङटार–डेढगाउँ हुँदै तनहुँको भिमाद र पोखरा आउजाउ गर्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *