अस्ट्रेलियाका प्रधानमन्त्रीले भने–दुःखको समयमा नेपालीको साथ छौँ

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपाल र चीनको तिब्बत सीमा क्षेत्रमा गएको विनाशकारी बाढीका कारण भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपद्को यस घडीमा नेपाल एक्लै नरहेको बताएका छन्।
अस्ट्रेलियाली संसद्‌लाई सम्बोधन गर्दै उनले बाढीमा परी आफ्ना ३६ जना नागरिक अझै सम्पर्कविहीन रहेको पुष्टी गरेका छन्।
गत अगस्ट २६ मा हिमपहिरो पछि आएको बाढीले सीमाको दुवैतर्फ ठूलो विनाश निम्त्याए पनि सबैभन्दा बढी मार नेपालले खेप्नुपरेको प्रधानमन्त्री अल्बानीजले बताए।
अल्बानीजले संसद्‌मा भने, ‘हाम्रा ३६ जना अस्ट्रेलियाली नागरिक अझै बेपत्ता छन्। सम्पूर्ण अस्ट्रेलियाली जनताको ध्यान यतिबेला उनीहरूका परिवार र साथीभाइहरूप्रति केन्द्रित छ।’
संसद्‌को सम्बोधनमा उनले गत शुक्रबार नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन वार्ता गरी अस्ट्रेलियाको तर्फबाट गहिरो समवेदना प्रकट गरेको जानकारी दिए।
अस्ट्रेलिया सरकारले त्यहाँ रहेका नेपाली, तिब्बती र भारतीय समुदायसँग निरन्तर समन्वय गरिरहेको अल्बानीजले जानकारी दिएका छन्। उनले सम्पूर्ण अस्ट्रेलियालीहरूलाई आशा नहार्न र प्रार्थना गर्न आग्रहसमेत गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *