प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान

काठमाण्डु प्रधान सेनापति अशोक राज सिग्देल बेलायती सेनाका चिफ अफ द जनरल स्टाफ जनरल सर रोली वाकरको निमन्त्रणामा औपचारिक भ्रमणका लागि बेलायत प्रस्थान गरेका छन्।
प्रधान सेनापति सिग्देल सोमबार बेलायततर्फ प्रस्थान गरेका हुन्। उनको भ्रमण २५ गतेसम्म हुने नेपाली सेनाले जनाएको छ।
प्रस्थानअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधान सेनापति सिग्देललाई बलाधिकृत रथी प्रदीप जंग केसीले बिदाइ गरेका थिए।
उक्त भ्रमणले लामो समयदेखि रहँदै आएको नेपाल र बेलायतबीचको आपसी सैनिक सम्बन्धमा टेवा पुग्नुका साथै सैनिक कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिमा समेत योगदान पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।
प्रधान सेनापति सिग्देलको अनुपस्थितिमा बलाधिकृत रथी प्रदीप जंग केसीले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *