नेपाल–भारत सीमा क्षेत्रनजिकै मोरङको जहदास्थित धानबारीमा लुकाएर राखिएको गाँजा सशस्त्र प्रहरीले बरामद गरेको छ । जहदा गाउँपालिका–१ नयाँ बस्तीस्थित धानबारीबाट सोमबार बजेतिर २१० किलो गाँजा बरामद भएको हो ।
विशेष सूचना पाएपछि सशस्त्र प्रहरी बल नेपाल नं। ३ गण हेडक्वार्टर कंकालिनी मोरङ र बीओपी जहदा भुटाहाबाट परिचालित टोलीले खोजतलास गर्दा कालो प्लास्टिकमा प्याक गरी लुकाएर राखिएको अवस्थामा गाँजा फेला पारेको थियो ।
सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीका अनुसार धानबारीमा शंकास्पद रूपमा राखिएको वस्तु जाँच गर्ने क्रममा गाँजा भेटिएको हो । बरामद गाँजा आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
गाँजा कसले त्यहाँ ल्याएर राखेको थियो भन्ने खुलेको छैन । घटनामा संलग्न व्यक्तिको पहिचानको प्रयास गर्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ । सीमा क्षेत्रनजिकैबाट ठूलो परिमाणमा गाँजा बरामद भएकाले भारततर्फ लैजाने उद्देश्यले त्यहाँ भण्डारण गरिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
You may also like
-
१३२ केभीको मातातीर्थ-चोभार प्रसारण लाइन निर्माण सम्पन्न, उपत्यकाको विद्युत् व्यवस्थापन सहज हुने
-
अन्नपूर्ण चक्रीय पदमार्ग खुल्यो
-
संविधानलाई सुदृढ गर्न सबै दल मिल्नुपर्छ : प्रचण्ड
-
भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबिच लोकतान्त्रिक सहकार्यको इतिहास छ M अध्यक्ष खर्गे
-
प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान
