एनपीएलमा सुदूरपश्चिमलाई श्री एयरलाइन्सको साथ

काठमाडौं श्री एयरलाइन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सलाई डोमेस्टिक एयरलाइन्स पार्टनरका रूपमा साथ दिने भएको छ ।
साझेदारीअन्तर्गत श्री एयरलाइन्सले एनपीएल सिजनभर सुदूरपश्चिम रोयल्सका खेलाडी तथा टोली व्यवस्थापनको घरेलु हवाई यात्रालाई सहज बनाउन सहयोग गर्नेछ ।
श्री एयरलाइन्सका कर्पोरेट निर्देशक अनिल मानन्धरले सुदूरपश्चिम रोयल्ससँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गर्दै नेपाली क्रिकेटको विकासमा आफ्नोतर्फबाट योगदान गर्न पाउनु गर्वको विषय भएको बताए ।
‘‘सुदूरपश्चिम रोयल्ससँग डोमेस्टिक एयरलाइन्स पार्टनरका रूपमा जोडिन पाउँदा हामी निकै खुसी छौँ । नेपाली क्रिकेटमा योगदान गर्न पाउनु हाम्रो लागि गर्वको विषय हो । नेपाली क्रिकेटसँगै अघि बढ्ने यस सहकार्यमा हामी उत्साहित छौँ,’’ मानन्धरले भने ।
यस्तै, सुदूरपश्चिमका सीईओ प्रकाश खड्काले श्री एयरलाइन्ससँगको साझेदारीले टोलीलाई अझ सहज वातावरण बनाउने उल्लेख गरे ।
‘‘श्री एयरलाइन्सजस्तो नेपाली हवाई सेवा प्रदायकसँग सहकार्य गर्न पाउँदा हामी खुसी छौँ । एनपीएलको व्यस्त तालिकामा खेलाडी तथा टोली व्यवस्थापनको यात्रा सहज र व्यवस्थित हुनु निकै महत्त्वपूर्ण हुन्छ । श्री एयरलाइन्सको साथले हाम्रो टोलीको यात्रालाई थप सहज बनाउने विश्वास लिएका छौँ,’’ खड्काले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *