काठमाडौँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले वडा र पालिका अधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ।
शुक्रबार नेकपा केन्द्रीय कार्यालय, पेरिसडाँडामा बसेको केन्द्रीय संयोजन समितिको बैठकले वडा र पालिकास्तरको अधिवेशन स्थानीय तह निर्वाचन अगावै गर्ने निर्णय गरेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए। उनकाअनुसार अगामी पुस ११ गते देशभरका सबै वडामा एकै दिन वडास्तरीय अधिवेशन गर्ने निर्णय बैठकले गरेको छ।
त्यसैगरी, अगामी माघ १५ पालिका अधिवेशन गर्ने निर्णय भएको प्रवक्ता ज्वालाले जानकारी दिए। उनले जिल्ला, प्रदेश र केन्द्रीय महाधिवेशन भने स्थानीय तह निर्वाचनपश्चात गर्ने निर्णय भएको बताए।
उनले तल्लो तहको अधिवेशनदेखि नै युवा सहभागिता बढाउने निर्णय पनि पार्टीले गरेको बताए।
