राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचारका लागि क्याथ ल्याब सेवा सुरु भएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले प्रतिष्ठानको नवौँ वार्षिकोत्सवका अवसरमा क्याथ ल्याब सेवाको उद्‍घाटन गरेकी हुन्।
क्याथ ल्याब सेवा सञ्चालनमा आएसँगै दाङसहित आसपासका जिल्लाका नागरिकलाई मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचारमा सहज हुने अपेक्षा गरिएको छ। यसबाट मुटुसम्बन्धी उपचारका लागि अन्य जिल्लाका अस्पतालमा जानुपर्ने बाध्यता कम हुने विश्वास गरिएको छ।
उद्‌घाटन कार्यक्रममा मन्त्री मेहताले क्याथ ल्याब सेवाले यस क्षेत्रको स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पुर्‍याउने बताइन्। उनले प्रतिष्ठानको सेवालाई थप प्रभावकारी, गुणस्तरीय र जनमुखी बनाउँदै नागरिकलाई आफ्नै क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिइन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *