पूर्वप्रधानमन्त्री नेपाल र पूर्वमन्त्री रिजालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पूर्वप्रधानमन्त्री एवं नेकपाका नेता माधवकुमार नेपाल र तत्कालीन मन्त्री कांग्रेस नेता मिनेन्द्र रिजालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । उक्त मुद्दामा ९४ जनालाई प्रतिवादी बनाइएको र ७६ करोड बिगो दाबी गरिएको प्रारम्भिक सूचना प्राप्त भएको छ ।
इटहरीस्थित रिजाल टासी इन्डस्ट्रिजको हदबन्दीभन्दा धेरै जग्गा सट्टापट्टाका लागि क्याविनेटबाट निर्णय गराएर बिक्री गरिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूलाई प्रतिवादी बनाइ मुद्दा दायर गरेको हो ।
उक्त जग्गा बिक्री गर्न नेपाल नेतृत्वको क्याविनेटले सहमति दिएको विषयमा भ्रष्टाचार कसुरमाा मुद्दा दायर भएको हो ।
विशेष अदालत स्रोतले आरोपपत्र अध्ययन गरी मुद्दा दर्ता प्रक्रियामा रहेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *