सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० नेता चीन भ्रमणमा जान लागेका छन् ।
महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सांसद चीन जान लागेका हुन् । चिनियाँ कम्युनिस्ट पार्टी ९सिपीसी० निमन्त्रणामा रास्वपा प्रतिनिधिमण्डल चीन जान लागेको हो । आइतबारदेखि हुने भ्रमणको समयावधि ११ दिनको हुने जानकारी गराइएको छ ।
महामन्त्री आचार्यको नेतृत्वमा चीन भ्रमण गर्न लागेको टोलीमा सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली, प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी सहित सांसदहरु लिमा अधिकारी, समीक्षा बाँस्कोटा, सागर ढकाल, डा।आनन्दबहादुर चन्द, सुशान्त बैदिक, रिमा विश्वकर्मा, डा। धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा।राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा। सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रमेश सापकोटा चीन जान लागेका छन् ।
प्रतिनिमिण्डलले चीनका शहरको भ्रमण गर्ने भएको छ । बेइजिङ, हाङचोउ, सिचुवान लगायमा रास्वपा टोलीले भ्रमण गर्ने भएको छ ।
भ्रमण टोलीका सदस्य एवं रास्वपाको विज्ञान, सूचना प्रविधि, नवप्रवर्तन तथा स्टार्टअप विभागको प्रमुख आनन्द चन्दले नवप्रवर्तनको क्षेत्रमा चीनले गरेको विकासलाई भ्रमणको क्रममा अध्ययन गर्न चाहेको बताए ।
‘प्रविधि र अनुभवलाई नेपालको आवश्यकता तथा क्षमताअनुसार कृषि आधुनिकीकरण, स्वास्थ्य सेवा, शिक्षा, सार्वजनिक सेवा प्रवाह, औद्योगिक उत्पादन र उद्यमशीलता विकासमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा अध्ययन तथा विचार आदानप्रदान गर्ने अपेक्षा राखेको छु,’ टोली सदस्य चन्दले भने,‘कृत्रिम बुद्धिमत्ता, मेसिन लर्निङ, डिजिटल प्रविधि, नवप्रवर्तन तथा औद्योगिक विकासका क्षेत्रमा हासिल गरेका उपलब्धि, अपनाएका नीति र विकास गरेका संस्थागत अभ्यासहरूबारे बुझ्ने विशेष रुचि छ ।’
भ्रमण टोलीका सदस्य डा।धनञ्जय रेग्मीले दुई देशको आपसी समझदारी र आत्मीय सम्बन्ध निर्माण गर्न भ्रमणलाईं फलदायी हुने विश्वास व्यक्त गरे ।
रास्वपा सांसदहरूको भ्रमणले नेपाललाई आर्थिक, प्राविधिक तथा विकासका क्षेत्रमा दीर्घकालीन लाभ पुर्याउन सक्ने विषयमा सहकार्यको आधार तयार गर्ने विश्वास रेग्मीले गरे ।
भ्रमणबाट राजनीतिक सम्बन्ध सुदृढीकरण र भावी उच्चस्तरीय भ्रमणको तयारीलाई सहयोग पुग्ने रेग्मीले अपेक्षा गरेका छन् ।
