नेपाल क्रिकेट संघ (क्यान)ले संयुक्त अरब इमिरेट्स (यूएई) सँगको दुई खेलको टी–२० अन्तर्राष्ट्रिय शृङ्खला र आईसीसी क्रिकेट विश्वकप लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा गरेको छ । क्यानले शुक्रबार टी–२० शृङ्खलाका लागि दीपेन्द्रसिंह ऐरी र लिग–टु शृङ्खलाका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । अब नेपालको टी–२० टोलीको कप्तानी दीपेन्द्र र एकदिवसीय टोलीको कप्तानी रोहितले गर्ने क्यानले जनाएको छ । टोलीमा दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आशिफ शेख, भीम सार्की आरिफ शेख, बसिर अहमद, गुल्सन झा, सोपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र करण केसी समेटिएका छन् ।
टी–२०को वैकल्पिक खेलाडीमा प्रतिस जिसी, नारायण जोशी र रशिद खान छन् । यस्तै क्यानले पौडेलको कप्तानीमा लिग–टु टोली घोाषणा भएको छ । टोलीमा रोहित पौडैल ९कप्तान०, दीपेन्द्रसिंह ऐरी ९उपकप्तान०, कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल, करण केसी ।
हेमन्त धामी, शेर मल्ल, रिजन ढकाल, ईशान पाण्डे र देव खनाल वैकल्पिक खेलाडी छन् । नेपाल र यूएईबीचको टी–२० शृङ्खला आउँदो सोमवार र मङ्गलवार हुनेछ । यस्तै नेपाल, यूएई र ओमान सम्मिलित लिग–टु यही वैशाख १२ देखि २२ गतेसम्म हुनेछ । दुवै प्रतियोगिता कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुनेछ ।
