काठमाडौँ चीनले नेपालका लागि पठाएको आपतकालीन राहत सामग्रीको चौथो खेप काठमाडौँ आइपुगेको छ।
मंगलबार नेपाल आइपुगेको सो राहत सामग्री नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले विज्ञान, प्रविधि तथा नवपर्वतनमन्त्री महावीर पुनलाई हस्तान्तरण गरेका हुन्।
चौथो खेपको राहत सामग्रीमा मुख्यतयाः उद्धार होभरक्राफ्टस्, स्टेनलेस स्टिल पर्मानेन्ट म्याग्नेट फ्लड पम्प, स्पेयर ब्याट्री, मर्चरी फ्रिजर र सोलार पावर लाइटलगायत रहेका छन्।
रसुवाको भोटेकोसीमा आएको बाढीले ठूलो जनधनको क्षति गरेको छ। नेपालका लागि विभिन्न देशहरूले राहत सामग्रीहरू पठाइरहेका छन्।
