नेपालले जित्यो मलेसियाविरुद्धको टी-२०आई सिरिज

एजेन्सी: मलेसियाविरुद्ध महिला टी-२० अन्तर्राष्ट्रिय सिरिज नेपालले जितेको छ। ‍पाँचौं तथा निर्णायक खेलमा ५ विकेटले पराजित गर्दै नेपालले सिरिज ३-२ ले आफ्नो पक्षमा पारेको हो ।

अन्तिम खेलमा मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा रुबी पोदारले सर्वाधिक २६ रन बनाइन् ।

त्यसअघि पहिला ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ६ विकेट गुमाएर १०३ रन बनाएको थियो । कप्तान विनिफ्रेड दुराइसिंघामले सर्वाधिक ४० रन बनाएकी थिइन् । बलिङमा नेपालकी कविता कुँवर र राजमती ऐरीले ३ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *